चपेटीकाे रतुवा खाेलमा शव भेटियाे

सेयर गर्नुहोस्
  • 10
    Shares

चुलाचुली, असाेज १
इलामको चुलाचुली ५ चपेटीमा एक बृद्ध मृत भेटिएका छन् । रतुवा नदीले बगाउदै गरेकाे अवस्थामा उनकाे शव भेटिएकाे हाे । बुकुवासिंचाई नहरको मुहान देखि अन्दाजी ५० मिटर तल खोलामा आज विहान वृद्धको शव फेला परेको प्रहरी चाैकी पेल्टिमारीले जनाएकाे छ ।

प्रहरी चौकी पेल्टीमारीका ईन्चार्ज जिवनकुमार कार्कीले स्थानीयले शव भेटिएपछी प्रहरीलाइ खबर गरेका थिए । शवकाे पहिचान हुन सकेकाे छैन । बुधबार मात्रै चुलाचुली २ चाजु खाेलमा पहिचान नखुलेकाे शव कुहिएकाे अवस्थामा भेटिएकाे थियाे ।