सेयर गर्नुहोस्
गाैरादह, असाेज १
झापाकाे गाैरादह बजारमा सिटाैला परिवारले ६ वटा बेन्च स्थापना गरेका छन् । गाैरादह १ का बिपुल सिटाैलाले आमा ईन्दीरा सिटौलाको स्मृतिमा निर्माण गरेकाे बेन्च गाैरादह नगरपालिकाका प्रमुख राेहितकुमार शाह र वार्ड अध्यक्ष नगेन्द्र भण्डारीले उद्घाटन गरे ।
बजारकाे थप साैन्दर्यमा बेन्चले सहयाेग गरेकाे वार्ड अध्यक्ष भण्डारीले बताए । वार्डले ताेकेकाे स्थानमा कुल १ लाख ११ हजार २ सय १५ रूपैैयाँकाे लागतमा निर्माण गरिएकाे वार्ड सदस्य काेमल ढुंगानाले जानकारी दिए । उनका अनुसार तीन थान स्टिलकाे बेन्च र ३ थान पक्का बेन्च निर्माण गरिएकाे छ । जम्मा ६ वटा बिश्राम स्थल निर्माण गरिएकाे ढुँगानाले बताए ।