आजदेखि चल्न थाले लामो दुरीका गाडी

सेयर गर्नुहोस्

काठमाण्डाै, असाेज १
६ महिनापछि आज असाेज १ देखि लामो दूरीका यातायात चल्न थालेका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधामात्रै यात्रु बोक्ने गरी चल्न दिने निर्णय गरेसँगै आजदेखि लामो दूरीका यातायात चल्ने भएका हुन्। 

सरकारको उक्त निर्णय र बुधबार यातायात व्यवसायी, मजदूर युनियन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच भएको छलफलपछि व्यवसायीहरु लामो दूरीका बस चलाउन तयार भएका हुन्। 

मन्त्रालयले यातायात व्यवस्था विभागलाई स्वास्थ्य मापदण्ड र भाडा लगायतको विषयमा मापदण्ड बनाउन जिम्मा दिएको छ।

तर आन्तरिक उडान भने असोज ५ गतेबाट मात्र हुने भएको छ। तर ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउने सरकारी निर्णयको व्यवसायीले विरोध गरेका छन्। उक्त व्यवस्थाबाट सरकार नहटे उडान नगर्ने व्यवसायीको अडान छ।