काेराेनाबाट धरानमा पहिलाे मृत्यु, ७१ बर्षिय महिलाकाे निधन

सेयर गर्नुहोस्

धरान, भदाै ३
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुने धरान १५ की ७१ बर्षीया महिला हुन् । उनको आज बिहान सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनको एन्फा क्वारेन्टिनमा स्वब लिएर परीक्षण गर्दा साउन २३ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई अत्यन्तै खोकी लाग्ने, श्वास फेर्न समस्या र ज्वरो आएको थियो ।

उनलाई विगतदेखि नै दम र मुटुको पनि समस्या भएर उपचार भइरहेको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई साउन २४ गते प्रतिष्ठान भर्ना गरिएको थियो । मृतकको शवको व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । मृतक धरान १५ दशरथ पथकी हुन् । मृतकको छोरी र नाती पनि कोरोना संक्रमित भएर प्रतिष्ठानमा उपचाररत अवस्थामा छन् । 

Leave a Reply

Your email address will not be published.