मोरङमा मृत्यु पछि एक पुरुषमा कोरोना पुष्टि

सेयर गर्नुहोस्
  • 2
    Shares

विराटनगर, भदाै २२
मोरङमा थप एक संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढिगँगा गाउँपालिका ४ का ५२ वर्षीय पुरुष हुन् । उनको विराट मेडिकल कलेजमा उपचार गर्दागर्दै ज्यान गएको अस्पतालका कोभिड फोकल पर्सन पुरु कोइरालाले जानकारी दिए । उनका अनुसार संक्रमित पुरुषको दिउँसो ३ बजे नै मृत्यु भएको हो । उनी भदौ १९ गते उक्त अस्पतालमा भर्ना भएका थिए  उनमा उच्च ज्वरो, निमोनिया र उच्च रक्तचाप देखिको चिकित्सकले जानकारी दिएका छन् ।

दिउँसो मृत्यु भएपनि उनको कोरोना रिपोर्ट साँझमा मात्र आएको हुँदा जानकारी ढिला गराइएको डाक्टर कोइरालाको भनाई छ । उनका अनुसार बुढिगँगा गाउँपालिकाका मात्रै ४ कारोना सँक्रमितको ज्यान गइसकेको छ । हालसम्म प्रदेश १ मा कोरोना सँक्रमणका कारण ४२ नागरिकले ज्यान गुमाइसकेका छन् ।