सेयर गर्नुहोस्
झापा, भदाै ३१
झापाको दमकमा आज थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ७ जना पुरुष र एक जना महिला छन् । दमक नगर क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भटटराईका अनुसार दमक ४ का ३ जना, दमक १ एक जना, ८ का एक जना, ९ का एक जना, दमक ५ को एक जना र दमक १० का एक जनामा संक्रमण देखिएको हो । शुक्रबार ९६ जनाको स्वाब संकलन गरिएकोमा ८ जनामा संक्रमण देखिएको छ । यस्तै अरु ४ जनाको रिर्पोट भने होल्डमा छ । दमकमा मात्रै एक सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।