सेयर गर्नुहोस्
काठमाण्डाै, भदाै ३१
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला थप उपचारका लागि ओम अस्पताल भर्ना भएका छन्।
एक साताअघि कोरोना संक्रमण पुष्टि भएका कोइरालामा ज्वरो देखिए पछी ओम अस्पतालमा भर्ना भएका थिए।
महामन्त्री कोइराला ओम अस्पतालका डा. विश्वनाथ कोइरालालगयतको चिकित्सकीय टोलीको निगरानीमा उपचाररत छन्।
कोइरालाको स्वास्थ्यमा जटिल अवस्था भने नरहेको अस्पताल स्रोतले जनाएको छ।