सेयर गर्नुहोस्
काठमाण्डाै, भदाै ३१
कालिमाटी थोक बजारमा प्याजको मूल्य एक दिनमै ४४ रुपैयाँ बढेको छ। मंगलबार थोक बजारमा प्रतिकेजी ७५ रुपैयाँमा कारोबार भएको प्याजको मूल्य बुधबार प्रतिकेजी ४४ रुपैयाँले बढेर ११९ रुपैयाँ भएको हो।
यसअघि सोमबार औसतमा ६० रुपैयाँमा कारोबार भएको प्याजको मूल्य मंगलबार प्रतिकेजी १५ रुपैयाँले बढेर ७५ रुपैयाँ भएको थियो।
केहीदिनदेखि निरन्तर रुपमा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म बढेको प्याजको मूल्य मंगलबार र बुधबार एक्कासी बढेको हो।
भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको असर नेपाली बजारमा पनि देखिएको हो। नेपाली बजारमा खपत हुने अधिकांश प्याज भारतबाट आउछ।