विराटनगरका मेयर जैन भवन क्वारेन्टाइनमा

सेयर गर्नुहोस्

विराटनगर, भदाै ३०
प्रमुख प्रशासकीय अधिकृत र सवारी चालकलाई कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली क्वारेन्टाइनमा बसेका छन ।

महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल र मेयर पराजुलीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टाइनमा बसेका हुन । जोखिम रहेकोले आइतबारदेखि जैन भवन क्वारेन्टाइनमा बसेको मेयर पराजुलीले जानकारी दिए । संक्रमितको क्लोज कन्ट्याकमा भएकाले केही दिन सेल्फ क्वारेन्टाइनमा बसेर पीसीआर जाँच गर्ने उनको भनाइ छ ।

मेयर पराजुलीसँगै उहाँको सचिवालयका सहयोगीहरु पनि क्वारेन्टीनमा बसेका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि भएपछि महानगरले सोमबारदेखि अत्यावश्यक बाहेकका सेवा ५ दिनका लागि बन्द गरेको छ ।

यसअघि महानगरेको २ नम्बर वडाका वडाध्यक्ष कुमार पोखरेल र ५ नंं. वडाका अध्यक्ष मिनकुमार आचार्यमा कोरोना देखिएको थियो । वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि महानगरका अधिकांश कर्मचारीहरु पनि होम आइसोलेसनमा बसेका छन् ।