वामदेव गाैतम राष्ट्रिय सभा सदस्यमा सिफारिस

सेयर गर्नुहोस्
  • 1
    Share

काठमाडौ, भदौ २९: सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उपाध्यक्ष गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो। यसअघि, नेकपा स्थायी समिति बैठकमा नेता गौतमलाई राष्ट्रियसभामा लैजाने सहमति बनेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा छलफल भएको थियो।

बर्दियाबाट प्रतिनिधिसभामा पराजित भएका गौतमले पनि राष्ट्रियसभामा जाने इच्छा देखाएपछि सरकारले उनको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो।