असाेज ५ देखि आन्तरिक उडान खुल्ने

सेयर गर्नुहोस्
  • 2
    Shares

काठमाण्डाै, भदौ २९: सरकारले असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले कोरोना भाइरस संक्रमण जोखिमका कारण चैत पहिलो सातादेखि रोकिएका अन्तरजिल्ला (लामो दुरीका) यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।