कमलमा २ जना सहित प्रदेश १ मा थपिए ८७ संक्रमित

सेयर गर्नुहोस्
  • 5
    Shares

विराटनगर, भदाै २९
प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये दुइ जना कमल गाउँपालिकाका २ जना छन् ।

थपिएका संक्रमित मध्ये मोरङमा ५५ जना छन् भने सुनसरीमा २४ जना, झापामा २ जना, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको कटहरीमा २ महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, विराटनगरमा १ महिला र १३ पुरुष, बुढीगंगामा ५ महिला र ८ पुरुष, ग्रामथानमा २ महिला र ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरि, सुनसरीको इनरुवामा १ महिला र १३ पुरुष, धरानमा २ महिला र २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । उता झापाको कमल गाउँपालिकामा १ महिला र १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुगेको छ ।

प्रदेश १ मा आज १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्युरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४८३ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये १५ महिला र ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख ९ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।