माेरङका अर्का संक्रमितकाे विपीमा मृत्यु

सेयर गर्नुहोस्
  • 11
    Shares

धरान, भदौ २९: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको धनपालथान ६ का ४० बर्षीय पुरुषको हिजो राती मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार राती ८ बजे ४५ मिनेटमा संक्रमित व्यक्तिको निधन भएको थियो । उनी प्रतिष्ठानको अर्थो अब्जरवेसन वार्डमा उपचारको क्रममा रहदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भदौ २६ गते वीपीकै ल्याबबाट संक्रमण पुष्टि भएपछि उनलाई राती साढे १० बजे कोडिभ अस्पतालमा सारिएको थियो । मृतकलाई कुनै पनि दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ । मृतकको शव व्यवस्थापन नियमअनुसार भइरहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । यसअघि हिजो नै दिउँसो २ बजेर १८ मिनेटमा विराटनगर १२ का ७० बर्षीय पुरुषको पनि वीपीको कोभिड अस्पतालमा मृत्यु भएको थियो ।