सिन्धुपाल्चोकमा फेरि पहिरोको विपत्ति [फोटो फिचर]

सेयर गर्नुहोस्

काठमाण्डाैँ, भदाै २८
अविरल वर्षाका कारण गएराति बाह्रबिसे नगरपालिका वडा ७ घुम्थाङ नागपुजेस्थित फड्के खेतमा पहिरो जाँदा नागपुजे र भीरखर्क गाउँ बगाएको छ। एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजेका ७ घर र भीरखर्कमा १० घर पूर्ण रुपमा बगाएको छ भने थप ३ घरमा क्षति पुर्‍याएको छ। 

बाह्रबिसे नगरपालिका ७ घुम्थाङका वडासदस्य वीरबहादुर थापाका अनुसार नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए। ती घरका मान्छे बेपत्ता भएपछि सम्पर्क गर्ने प्रयास थालिएको छ। घटनास्थलमा पुगिसकेका इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेका ७ घरमा १७ जना बेपत्ता भएको सूची बनाइसकिएको छ। यस्तै, एक शव फेला परेको पनि उनले बताए।