वीपीमा विराटनगरका संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्
  • 7
    Shares

धरान, भदौ २८: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित एक वृद्धको निधन भएको छ ।

विराटनगर वडा नं १२ का ७० बर्षीय वृद्धको आज कोभिड अस्पतालमा निधन भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार दिउँसो २ बजेर १८ मिनेटमा मृत्यु भएको हो । मृतकलाई म्याक्स हस्पिटल विराटनगरले वीपीमा रिफर गरेको थियो । उनलाई भदौ १६ गते कोभिड १९ पुष्टि भएको थियो भने १७ गते दिउँसो १ बजेर २० मिनेटमा कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिन भएको साथै संक्रमण पनि पुष्टि भएपछि म्याक्स हस्पिटलले रिफर गरेको थियो । उनलाई पहिलादेखि नै उच्चरक्तचापको समस्या भएको थियो । मृतकको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने संक्रमितहरुको संख्या २५ पुगेको छ ।