सय रूपैयाँकाे प्रलाेभन देखाएर बलात्कार

सेयर गर्नुहोस्
  • 5
    Shares

इटहरी, भदाै २८
१२ वर्षीया बालिका बलात्कारको आरोपमा इटहरी प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बालिकालाई एक सय रुपैयाँको प्रलोभन देखाएर बलात्कार गर्ने इटहरी ५ डेरा गरि बस्ने भोजपुरका २१ वर्षीय प्रतिक राई हुन् । उनलाई शनिवार डेराबाटै प्रहरीले पक्राउ गरेको हो। गत मंगलवार राईले ती बालिकालाई बलात्कार गरेका थिए । साथै, अरुलाई भनेमा बालिकालाई ज्यान मार्ने धम्कि पनि दिएका थिए । शुरुमा फकाएर जवरजस्ती गरेका उनले पछि कसैलाई भने मारिदिने धम्कि दिएको पीडितले प्रहरी बयानमा भनेकी छिन् ।

केही दिन देखि बालिकाले परिवारमा अस्वभाविक व्यवहार देखाएपछि अभिभावकले सोधीखोजी गर्दा राईले जबरजस्ति गरेको र एक सय रुपैयाँ दिएर फकाउन खोजेको बताएकी थिइन् । आफन्त र परिवारजनले प्रहरीमा जाहेरी दिएपछि आरोपित राईलाई पक्राउ गर थप अनुसन्धान अघि बढाएको डिएसपी अर्जुन केसीले बताए । उनले बालिकाको स्वास्थ्य परिक्षण गरिएको बताए । साथै, अभिभावकको जाहेरीका आधारमा उक्त घटनाको थप अनुसन्धान भइरहेको पनि डिएसी केसीले जानकारी दिए ।