शिवसताक्षीकी सुत्केरी महिलामा काेराेना

सेयर गर्नुहोस्

झापा, भदाै २८
शिवसताक्षीकी एक सुत्केरी महिलालाई कोरोना संक्रमण देखिएको छ । सुत्केरी गराउन विराटनगरस्थित नोवेल हस्पिटल गएकी शिवसताक्षी ५ की २३ वर्षिया महिलालाई कोरोना संक्रमण देखिएको हो ।

उनी पाँच दिन अघि सुत्केरी गराउन हस्पिटल गएकी थिइन् । संक्रमण देखिएपनि महिलाले बच्चा जन्माइसकेको शिवसताक्षी नगरपालिकाका क्वारेन्टाइन प्रमुख रोशन अधिकारीले बताए । संक्रमण देखिएपनि आमाको अवस्था सामान्य रहेको छ । झापामा आज एकजनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश १ मा भने ४६ संक्रमित थपिएका छन् । तीमध्ये मोरङका ४१ जना छन् भने खोटाङ र उदयपुर १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।