शिवसताक्षीमा एक सहित प्रदेश १ मा थपिए ४६ संक्रमित

सेयर गर्नुहोस्
  • 6
    Shares

विराटनगर, भदाै २८
प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । ती मध्ये मोरङका ४१ जना छन् भने खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ३८ जनामा संक्रमण देखिएको छ । उनीहरु १८ महिला र २० जना रहेका छन् । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ ।

प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ । प्रदेश १ मा आज ५ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र २६ पुरुष रहेका रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख ७ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।