४ केजी गाँजा सहित दमकबाट एक पक्राउ

सेयर गर्नुहोस्
  • 29
    Shares

दमक, भदौ २७: प्रतिबन्धित लागुऔषध गाजासहित अर्पण राईलाई दमक प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउसो दमक स्थित डेराबाट ४ केजी ५८ ग्राम गाजासहित राईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले बताएको छ ।

इलाम माङ्सेबुङ गाउँपालिका–६ घर भई हाल झापा दमक नगरपालिका–१ स्थित सुन्दर लावतीको घरमा डेरा गरी बस्ने बर्ष २६ का राईले लुकाई छिपाइ काठको पलङ मुनी राखेको अवस्थामा गाजा र उनलाई प्रहरीले घरैबाट नियन्त्रणमा लिएको थियो ।

बरामद सामान र राईका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।