दमकमा तास खेल्ने ५ पक्राउ

सेयर गर्नुहोस्
  • 22
    Shares

झापा, भदौ २७
झापाको दमक ३ मा तास खेल्ने ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका सबै भुटानी शरणार्थी हुन् ।
प्रहरीले उनीहरुको साथबाट एक लाख ५७ हजार नगद समेत बरामद गरेको छ । बेलडागीँ २ सेक्टर ए ४ हट नम्बर २४५ मा मनु गुरुङको घरमा तास खलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा प्रकाश राई, नरेश दाहाल, कुमार तामाङ, बिर्ख मान राई, शन्तबीर तामाङ रहेका छन् । उनीहरु माथि थप आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।