विराटनगरमा काेराेनाबाट १७ जनाकाे मृत्यु

सेयर गर्नुहोस्
  • 5
    Shares

विराटनगर, भदाै २७
प्रदेश १ को राजधानी विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।

शनिबार विराटनगर ८ का पुरुषको कोशी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो ।

प्रदेश १ मा अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । जसमा विराटनरसहित मोरङमा २७ जनाको मृत्यु भएको छ । जसमा बुढिगंगाका ४ जना, ग्रामथानका १ जना, धनपालधानका १ जना, रंगेलीका १ जना, सुन्दरहरैचाका १ जना, सुनवर्षीका १ जना र पथरी शनिश्चरेका १ जना छन् ।

त्यसबाहेक सुनसरीका ६ जना, झापाका २ जना र प्रदेश २ का १२ जना रहेको प्रदेश सरकारको तथ्यांक छ । प्रदेश २ का संक्रमितको विराटनगर र धरानको अस्पतालमा मृत्यु भएको हो ।

प्रदेश १ मा शनिबार ७७ कोरोना संक्रमण देखिएकोमा विराटनगरका मात्र ४६ छन् । विराटनगरका २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ३६४ पुगेको छ ।