कमलमा हट्यो लकडाउन, बैँक खुल्न पाउने

सेयर गर्नुहोस्
  • 4
    Shares

झापा, भदौ २७
झापाको कमल गाउँपालिकाले लकडाउन खुकुलो पार्दै लगेको छ । गाउँपालिकाले सार्वजानिक सबारीका साधनबाहेक अरुलाई मापदण्ड पुरा गरेर सञ्चालन गर्न भनेको छ ।
गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत सुवास श्रेष्ठका अनुसार खाद्यान्न, दैनिक उपभोग्य बस्तुका पसलहरु बेलुका ४ बजेसम्म खुल्ला रहने छन् । यस्तै अटो सिटीले स्वास्थ्य सावधानी अपनाएर एक जना मात्रै यात्रु राख्न पाउने छन् । बैँक तथा वित्तिय संस्थाहरु भने नियमित रुपमा खुल्ला हुने छन् ।