दमकमा लायन्सले गर्याे रक्तदान कार्यक्रम

सेयर गर्नुहोस्
  • 50
    Shares

झापा, भदौ २७
कोरोना महामारीको बेलामा दमकमा दुईवटा लायन्स क्लबले संयुक्त रक्तदान कार्यक्रम गरेका छन् ।
लायन्स क्लब अफ माउन्ट मकालु र लायन्स क्लब अफ सेविकाले रेडक्रस भवन दमकमा रक्तदान कार्यक्रम गरेका हुन् । दुबै क्लबका अध्यक्ष क्रमसः सन्तोष दाहाल र बिमला केसीको सभापतित्वमा भएको कार्यक्रममा एरिया टिम लिडर कोमल शाक्य, लायन लिडरहरु पवन अधिकारी,विपि मिश्र, दिबस राईको समेत उपस्थिति रहेको थियो ।
महामारीको संकटको समयमा रगतको अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम गरिएको लायन्स क्लब अफ माउन्ट मकालुका दितीय उपाध्यक्ष अनिल सुवेदीले जानकारी दिए । उनका अनुसार रक्तदानमा ३० पिन्ट रगत संकलन भएको छ ।