बेग्लै पहिचान सहित दमकमा युनिक कलेज

Unique college
सेयर गर्नुहोस्


झापा, भदौ २७
दमकमा लामो समयदेखि रहेको युनिक कलेजले छुटै पहिचान स्थापित गरेको छ । २०५९ सालमा स्थापना भए यता मानविकी व्यवस्थापन, शिक्षा संकाय पढाइ हुदै आएकाे छ । समय सुहँउदो बिषयहरु दमकमा पहिलाे पटक ल्याएकाे दाबी कलेजकाे छ । यस सँगै विद्यार्थीको शैक्षिक उन्नयनका लागि लागि कलेजले सक्रियता देखिएको छ ।
कलेजले कक्षा ११ मा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलाएको छ । कलेज अन्र्तगतको शारदा माध्यामिक विद्यालयले कक्षा ११ मा नयाँ भर्ना खुलाएको हो । मानविकी, शिक्षा, ब्यवस्थापन पढाइ हुने यो कलेजले होटल मेनेजमेन्ट, ट्राभल एण्ड टुरिजम, मास कम्युनिकेसन सँगै हेल्थ एण्ड फिजिकल समेत पढाउदै छ ।
दमकमा मात्रै माध्यामिक तहमा आमसञ्चार र होटल मेनेजमेन्ट पढाइ हुने यो एक मात्रै कलेज हो । कलेजका प्राचार्य लेखनाथ सेडाईले पश्चिमी झापामा युनिक कलेज एउटा शैक्षिक केन्द्र बन्दै गएको बताउछन् । सर्वसुलभ शिक्षा, दक्ष प्राध्यापक, व्यवस्थित कक्षा कोठाहरु छन्, सेडाईले थपे, हरेक बर्ष हाम्रो नजिता पनि उत्कृष्ट छ । उनले शिक्षण सिकाईका लागि विद्यार्थीलाई कार्यशाला, तालिममा समेत सहभागी गर्ने गरेको बताए । कलेज २०५९ सालमा स्थापना भएको हो ।
कलेजका अर्का प्राध्यापक शेखर कटुवालले शिक्षा क्षेत्रमा युनिक कलेजले छुटै पहिचान स्थापित गरेको बताउछन् । युनिक अन्र्तगत नै कक्षा नर्सरी देखि स्नातक तह सम्म अध्ययन हुन्छ, उनले भने, दमक आर्दश स्कुल, झापा क्याम्पस, युनिक कलेज, शारदा माध्यामिक विद्यालय समेतका संस्थाहरु छन् । कलेजका अध्यक्ष नगेन्द्र बस्नेतका अनुसार स्तरीय पठनपाठन, दक्ष प्राध्यापक र शिक्षक भएकै कारणले दमकमा ठुलो शैक्षिक हबका रुपमा विकास भएको बताए ।
विद्यार्थीहरुको स्वास्थ्य तथा मानसिक स्वास्थ्यको लागि समय समयमा आँखा तथा दन्त शिविर र योगा तथा मोटिभेसनल कक्षा संचालन गर्दै आइरहेको छ । कलेजले कक्षा ११ को लागि सामाजिक दुरि कायम गर्दै फारम वितरण गरिरहेको छ । (बिज्ञापनमा आधारित समाग्री)