झुम्काका संक्रमितको धरानमा मृत्यु

सेयर गर्नुहोस्
  • 6
    Shares

धरान, भदौ २६: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

रामधुनी नगरपालिका ५ झुम्कामा ४३ बर्षीय पुरुषको आज (शुक्रबार) दिउँसो साढे ४ बजे मृत्यु भएको हो । मृतक विगत एक बर्षदेखि झुम्का कारागारमा रहेको कारण धेरै जानकारी नभएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । मृतकलाई विगत १० दिनदेखि ज्वरो आएको र २ दिनदेखि खोकी, श्वासप्रश्वासमा कठिनाई भएको प्रतिष्ठानले जनाएको छ ।

मृतकलाई इनरुवास्थित जिल्ला अस्पतालले प्रतिष्ठानमा रिफर गरेर पठाएको थियो । उनी शुक्रबार बिहान ११ बजेर ५४ मिनेटमा इर्मजेन्सीमा भर्ना भएका थिए । शुक्रबार नै उनलाई कोभिड १९ संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।