दमक ९का एकै परिवारका ६ जनामा संक्रमण

सेयर गर्नुहोस्
  • 12
    Shares

झापा, भदौ २६: झापाको दमकमा एकै परिवारमा ६ जनामा काेराेना संक्रमण देखिएको छ । दमक ९ मा १०६ बर्षीयबृद्ध देखि बालक सम्ममा सक्रमण देखिएको हाे । दमक ९ का वडा सदस्य समिन रिजालका अनुसार दमक ९ का एक जना धर्मगुरु सहित उनकै परिवारका ६ जनामा संक्रमण देखिएको हाे । दमकमा शुक्रबार मात्रै ९ जनामा संक्रमण देखिएको थियो । याे सँगै दमकमा संक्रमितकाे संख्या १२९ पुगेको छ ।