झापा, भदाै २५
झापाको कनकाई नगरपालिकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । कनकाई–३ को एकै परिवारका ११ जनामा एकै पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वरपर त्यसको जोखिम थपिएको हो ।
जोखिम व्यवस्थापनका लागि कनकाई नगरपालिकाले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको छ । संक्रमित परिवारको विशेष निगरानी गर्दे नगरपालिकाले आवश्यक खाद्यान्न र स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेको हो ।
नगर प्रमुख राजेन्द्र पोखरेल संक्रमित परिवारको स्वास्थ्य संवेदनशीलता बुझेर आफैँ सक्रिय भएर लागेका छन् । एकै घरमा यति ठूलो सङ्ख्यामा कोरोना भेटिएको झापामा पहिलो घटना भएको कनकाई नगरपालिकाको कोरोना सूचना तथा सञ्चार समितिका सदस्य लक्ष्मी अधिकारीले बताए ।
कनकाईको उक्त घरमा १४ बर्षको नातिदेखि ८४ बर्षकी हजुरआमा सम्मलाई कोरोना पुष्टि भएको छ ।