झापा, भदौ २५
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विपन्न आवास कार्यक्रमको रकम ब्यक्तिगत खातामा जम्मा गरेको खुलेको छ ।
गौरीगन्ज ३, ५,५ र ६ नम्बर वडामा निर्माण हुने आवासबाट उनले १८ लाख रुपैयाँ ब्यक्तिगत खातामा जम्मा गरेका हुन् । १८ वटा परिवारका लागि निर्माण हुने यो कार्यक्रममा प्रधानमन्त्रीको स्थानीय पूर्वाधार विकास कार्यक्रमको ३४ लाख रुपैयाँ बजेट छ । यो कुल ६३ लाखको कार्यक्रम हो ।
निर्माण उपभोक्ता समिति मार्फत काम गरेका ठेकेदारले घर निर्माण लगभग सम्पन्न गरे पनि असार मसान्तमा पानी लगातार परेपछी घरको भित्तामा माटो पोत्ने काम हुन सकेको थिएन् । तर अध्यक्ष श्रेष्ठले कागज मिलाएर भुक्तानी दिने भनेपछी उपभोक्ता समितिका पदाधिकारी पनि श्रेष्ठ र उनको भाइको खातामा रकम जम्मा गर्न सहमत भएका थिए, स्रोतले भन्यो, रकम फ्रिज हुने डरले उपभोक्ता समिति पनि तयार भए । स्रोतका अनुसार प्रमुख श्रेष्ठले भने काम सकिएपछी ठेकेदार कम्पनीलाई भुक्तानी दिने भनेका थिए ।
स्थानीय सन्चारकर्मी मदन राजबंशीका अनुसार काम सकेर भुक्तानी दिने भनेर उपभोक्ता समितिका पदाधिकारीलाई सहमत गराएर श्रेष्ठले खातामा रकम जम्मा गरेका थिए । घरहरुमा माटो पोत्ने काम मात्र बाकी रहेको र सो काम सम्पन्न हुने बितिकै ठेकेदारलाइ रकम फिर्ता दिने त्यसबेला श्रेष्ठले बताएका थिए । सुरक्षित आबास कार्यक्रम अन्तर्गत छनौटमा परेका बिपन्नहरुलाइ प्रति परिवार ५० हजार रुपैयाको कर्कट पाता दिने योजनामा पहिलो किस्ता ३० हजार सबैलाइ दिएएको तर केहि बिपन्न परिबारले बर्षाका कारण परै काम सम्पन्न गर्न नसक्दा ति परिवारहरुले दोश्रो किस्तामा पाउने रु २० हजार सरकारलाइ फिर्ता पठाइएको थियो ।
श्रेष्ठले ३ र ४ वार्डको उपभोक्ता समिति मार्फत ५ लाख र ५ र ६ को उपभोक्ता समिति मार्फत १२ लाख रुपैयाँ आफ्नो खातामा जम्मा गर्न लगाएका थिए । उपभोक्ता समितिले उनको खातामा रकम जम्मा गर्न साथ खाताबाट रकम झिकिएको दाबी उनीहरुको छ । यद्यपी गाउँपालिकाका अध्यक्षले यस बिषयमा धारणा सार्वजानिक गरेका छैनन ।
सेयर गर्नुहोस्
२५ भाद्र २०७७, बिहीबार १९:३७