झापामा मुगुका एक सहित भेटिए १२ संक्रमित, शिवसताक्षीमा ५ र कमलमा २

सेयर गर्नुहोस्

झापा, भदाै २५
झापामा बिहिवार १२ जना संक्रमित थपिएका छन । शिवसताक्षीमा ५ , कमलमा २, बाह्रदशीमा २, भद्रपुर २, दमकमा १ जना संक्रमित फेला परेका हुन । जिल्ला स्वास्थ्य कार्यालयमा काभिड फाेकल पर्सन जीवन चम्लागाइका अनुसार भद्रपुरमा भेटिएका संक्रमित मध्ये एक जना मुगु ठेगाना भएका छन, अर्का भने हेटाैडा ठेगाना भएका हुन । दुबै जना भारतबाट आएका हुन । यस्तै दमकमा भेटिएकी ती संक्रमित महिला पनि भारतबाट आएकी हुन । झापामा ७ सय १३ संक्रमित मध्ये ३ जनाकाे मृत्यु भएकाे छ । यस्तै १ सय ८५ जना संक्रिय संक्रमित छन ।