दमकमा थप एक जनामा संक्रमण, संक्रमितकाे संख्या १ सय २०

सेयर गर्नुहोस्

झापा, भदाै २५
झापाकाे दमकमा थप एक जनामा काेराेना संक्रमण देखिएकाे छ । याे सँगै दमकमा संक्रमितकाे संख्या १ सय २० पुगेकाे छ ।

दमककी ती महिलामा संक्रमण देखिएकाे हाे । १ सय ५ जनामा ९० जनाकाे पाेजेटिभ देखिएकाे छ । यस्तै अरू १४ वटा रिपाेर्ट भने प्राप्त हुन बाकी रहेकाे छ । नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराइका अनुसार समुदाय स्तरमा संक्रमणकाे जाेखिम बढदाे छ । बितेकाे एक महिना यता १ सय बढी संक्रमित दमकमा थपिएका छन् । दमक नगरपालिकाले सावधानी अपनाएर दैनिक उपभाेग्य बस्तुहरू ४ बजेसम्म विक्रि गर्न दिने भएकाे छ । यस्तै चुलाचुली गाउँपालिकामा २ जनामा संक्रमण देखिएकाे छ । एक महिला र एक पुरूषमा संक्रमण देखिएकाे हाे ।