गुनासो नै गर्दैनन् गौरादहबासी, एक बर्षदेखि उजुरी पेटिका खाली !

गाैरादह
सेयर गर्नुहोस्

मिलन अधिकारी
गाैरादह, भदाै २४

झापाको गौरादह नगरपालिका भित्र धेरै बेथिति रहेको बेला बेला चर्चा हुन्छ । कतिपयबेला प्रमुख उपप्रमुख विचको विवादले चर्चामा रहन्छ, भने कहिले बेथितिमा चर्चामा आउछ । तर सुशासन कायम गर्नका लागि दबाब समुह समेत गठन भएका छन् । तर सुशासन कायम राख्ने पहिले सुचांक भनिने उजुरी पेटिका भने धेरै समय देखि खाली छ ।

गौरादह नगरपालिकाको बेथिति र जनताले सर्वसुलभ सेवा पाउने अबस्था नरहेको जस्ता कुराहरु सुनिएपनि बिगत करिब १ बर्षदेखि गौरादह नगरपालिकाको उजुरि पेटिका भने खाली रहदै आएको छ । यो अवधिमा एउटा पनि उजुरी नगरपालिकाको उजुरी पेटिकामा पसेनन ।
गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले सेवा सर्वसुलभ र उत्तरदायी भएको कारणले उजुरी नपरेको हुन सक्ने बताए । म गौरादह आएको करिव ११ महिना भयो, अहिले सम्म पेटिकाको ताला खोलेको छैन, उनले भने, सेवामा सहजता भएकाले नै यो भएको हुन सक्छ ।

सरकारले नागरिकका समस्या सम्बोधन गर्न, सेवा प्रवाह सहज बनाउन मुलुकरकै सरकारी कार्यालयमा उजुरी पेटिका राखेको हुन्छ । सरकारी कार्यालयहरूमा हुने कामकारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्ती लगायतको बारेमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस् भनेर ती पेटिका राख्ने व्यवस्था गरिएको हो । तर सुशासन नभएको भनेर धेरै समय देखि आन्दोलन समेत भएको गौरादहको उजुरी पेटिका भने खाली नै छ ।