शिवसताक्षीका स्वास्थ्य संयाेजकलाइ काेराेना संक्रमण, नगरपालिका बन्द

shivasatakshi
सेयर गर्नुहोस्

झापा, भदाै २३
झापाको शिवसताक्षी नगरपालिका भदौ महिना भरका लागि बन्द भएको छ।

नगरपालिका बोर्डको बुधबार बिहान बसेको बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै भदौ महिनाभरि कार्यालय बन्द गरेको हो । मंगलबार नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि बोर्ड बैठकले कार्यालय बन्द गर्ने निर्णय गरेको ९ नम्बर वडाका वडाध्यक्ष छविलाल पाठकले बताए ।

तर, नगरपालिकाका ११ वटै वडा कार्यालय भने खुल्ने भएका छन्। यसअघि वडा कार्यालय बन्द थिए । यो नगरपालिकामा जम्मा ६ जनालाई मात्रै कोरोना संक्रमण देखिएको छ। अत्यावश्यक काम टार्न वडा कार्यालयहरू खोल्ने निर्णय भएको पाठकले बताए।