लाइफलाईन अस्पतालका स्वास्थ्यकर्मीमा देखियो काेराेना

सेयर गर्नुहोस्

झापा, भदौ २३;

झापाको दमक नगरपालिकाका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

दमकमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन । दमककाे लाइफलाईन अस्पतालमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा काेराेना देखिएको हाे ।

संक्रमण पुष्टि हुनेमा अरु समुदायका ३ जना देखिएका छन् । दमकमा अाज सम्म ११९ जनामा संक्रमण देखिएको छ ।