विराटनगर, भदाै २३
प्रदेश नं. १ मा हालसम्म ४ हजार १ सय ७७ जनामा कोरानो भाइरसको संक्रमण देखिएकोमा ४५.३६ प्रतिशत कोरोनामुक्त भई घर फर्किएका छन् ।
कोरोनामुक्त हुनेहरु ३ सय ९३ महिला र १ हजार ५ सय २ जना पुरुष छन् । सरकारी तथ्याङक अनुसार १.०२ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्मका संक्रमितमध्ये ५३.६० प्रतिशतको प्रदेशभरिका विभिन्न आईसोलेसन केन्द्रहरुमा उपचार भईरहेको छ । प्रदेश नं. १ मा कोरोनामुक्त भई फर्किनेको संख्या सबैभन्दा बढी मोरङमा ७ सय ७६ जना रहेको छ । जसमा २ सय ८ महिला र ५ सय ६८ जना पुरुष रहेका छन् ।
सुनसरीबाट हालसम्म ६० महिला र २ सय ७६ पुरुष गरि कुल ३ सय ३६, झापाबाट ६९ महिला र ३ सय ९० पुरुष गरि ४ सय ५९, ईलामबाट ६ महिला र ८० पुरुष गरि ८६ जना, ताप्लेजुङबाट १ महिला र ६ पुरुष गरि ७ जना तथा पाँचथरबाट २ महिला र १२ पुरुष गरि १४ जना संक्रमणमुक्त भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भदौ २२ गतेसम्म धनकुटाबाट २ महिला र १८ पुरुष गरि २० जना, तेह्रथुमबाट १ महिला र ७ पुरुष गरि ८ जना, संखुवासभाबाट ८ पुरुष, खोटाङबाट ३ महिला र १० पुरुष गरि १३ जना, उदयपुरबाट ३२ महिला र ८१ पुरुष गरि १ सय १३ जना, भोजपुर र सोलुखुम्बुबाट ७–७ पुरुष, ओखलढुङ्गाबाट १७ पुरुष तथा प्रदेश १ बाहिरका ९ महिला र १५ पुरुष गरि २४ जना कोरोनामुक्त भएका छन् ।
प्रदेश नं. १ का बाँकी २ हजार २ सय ३९ जना कोरोना संक्रमितहरु भने सम्बन्धित आईशोलेसन केन्द्र तथा होम आइसोलेसनमा रहेका छन् ।