बुद्धशान्तीमा बाँसबाटै बाेतलदेखि जगसम्म उत्पादन

सेयर गर्नुहोस्

झापा, भदाै २२
बाँसबाट बन्ने विभिन्न सामग्री उत्पादन गर्न बुद्धशान्तिमा बाँस उद्योग संचालनमा आएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेल लगायत स्थानीय समाजसेवीको उपस्थितीमा बुद्धशान्ति १ स्थित होक्सेमा आज उद्योगको उद्घाटन गरिएको हो ।

तीन जनाको लगानीमा संचालनमा ल्याइएको उद्योगबाट सुरुवाती चरणमा बाँसको पानी खाने बोतल, कप, गिलास, जग लगायतका सामग्रीहरु बनाइने संचालक मनोज प्रसाईले बताएका छन् । त्यस्तै बजारको माग अनुसार बाँसका अन्य विभिन्न सामग्रीहरु समेत उत्पादन गर्दै लैजाने प्रसाईले बताए ।

पछिल्लो समय प्लास्टिक जन्य सामग्रीहरुको बढ्दो प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको बेला बाँसका उत्पादन वातावरण मैत्री तथा स्वस्थ्यकर रहेकोले सबैले प्रयोग गर्नुपर्ने अर्का संचालक गोकुल पौडेलले बताएका छन् । दैनिक जीवनमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरु बाँसकै बनिने भएकोले स्थानीय क्षेत्रमा पाइने बाँसको प्रयोगबाट बनेका उत्पादन सबैले प्रयोग गर्नुपर्नेमा पौडेलले जोड दिए ।

पछिल्लो समय खुलेका विभिन्न होम स्टे र होटल रेस्टुरेन्टहरुमा अग्र्यानिक सामग्रीहरु प्रयोग हुन थालेको देख्न सकिन्छ । बाँसबाट बन्ने सामग्रीहरु त्यस्ता ठाउँहरुमा पु¥याएर बजारीकरण गरिने अर्का संचालक रोसन भट्टराईले बताए । स्थानीय तथा केन्द्रीय सरकारको समन्वयमा नेपालमा मात्र नभएर विदेशी मुलुकहरुमा पनि नेपालका उत्पादनहरु पुर्याएर बजारीकरण गर्न सकेमा नेपालको अर्थतन्त्रलाई थप मजबुत बनाउन सकिने बताउँदै सम्पूर्ण नेपालीहरुलाई यस्ता अग्र्यानिक उत्पादन प्रयोग गर्न भट्टराईले अनुरोध गरेका छन् ।