गाैरादहमा सञ्चार क्लब गठन, अध्यक्षमा अधिकारी

सेयर गर्नुहोस्
  • 9
    Shares

झापा, भदाै २२
गौरादहका संचारकर्मीकाे संस्था गठन भएकाे छ । स्थानीय अगुवा सञ्चारकर्मी डण्डीराज घिमिरे, मिलन अधिकारी, झगेन्द्र खड्काकाे पहलमा सञ्चार क्लब गाैरादह गठन भएकाे हाे ।

आज गौरादह नगरपालिका वडा न १ को सभाहलमा भएको भेलाले हिमशिखर टेलिभिजनका पत्रकार सुदिप अधिकारीको अध्यक्षतामा ७ सदस्य सञ्चार क्लब गौरादहको तदर्थ समिती गठन भएको छ । समितिको उपाध्यक्षमा सन्तोष बिष्ट ,सचिब सान नेपाल , सहसचिब मिलन अधिकारी,र कोषाध्यक्ष शान्ति सुब्बा रहेका छन। त्यसै गरि रुपा बुढाथोकी र सुमित भण्डारी तदर्थ समितीको सदस्य रहेका छन । त्यसै गरि भेलाले ५ जनाको सल्लाहकार समिती पनि गठन गरेको छ । सल्लाहकार समितीमा डन्डीराज घिमिरे , झगेन्द्र खड्का ,केदार खड्का,दिनेश दङ्गाल र युवराज भट्टराई रहेका छन । नवगठित तदर्थ समितीले आवश्यक प्रकृया पूरा गरि चाडै दर्ता गरिने अध्यक्ष सुदिप आधिकारीले बताए । कार्यक्रमलाई सहजीकरण गर्दै सन्चार अगुवा तथा समरुप मिडिया प्रालीका संचालक डन्डीराज घिमिरेले नेपालको संचार क्षेत्रमा गौरादहको विशेष योगदान रहेको बताउदै यसलाइ जिवित राख्ने उदेश्यले सानो प्रयास गरिएको बताए ।