सेयर गर्नुहोस्
दमक। झापाको कनकाई नगरपालिकामा समुदायमा कोरोना संक्रमण हुनेको संख्या बढ्दै गएको छ । आज आएको ९८ जनाको पीसीआर परीक्षणको रिपोर्टमा समुदायका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै भारतबाट आएका अर्का एक जनामा पनि संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा वडा नम्बर ३ का ९ जना र वडा नम्बर ७ का ४ जना छन् । संक्रमण पुष्टिहुनेमा ८ महिला र ५ पुरुष छन् ।
जसमा एक जना नगरपालिकाको सवारी चालक पनि छन् । योसँगै कनकाईमा कोरोना संक्रमितको संख्या ४६ पुगेको कनकाईका फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । कनकाईका अहिलेसम्म १५ जनाले कोरोना जितिसकेका छन् ।