होम आइसोलेसनमा बसेका संक्रमितकाे विराटनगरमा मृत्युु

सेयर गर्नुहोस्
  • 8
    Shares

विराटनगर,भदौ २२: होम आइसोलेसनमा बसेका कोरोना संक्रमित एक व्यक्तीको विराटनगरमा मृत्यु भएको छ ।

पिसिआर रिपोर्ट पोजेटिभ आएपछि १० दिन देखि घरमै बसिरहेका विराटनगर महानगरपालिका १० का ७९ वर्षीय पुरूषको निधन भएको हो । होम आइसोलेसनमा रहेका उनको स्वास्थ्य समस्या भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । उच्च रक्तचापबाट पीडित उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शनिवार कोभिड उपचार केन्द्र ल्याइएको चिकित्सकले जानकारी दिएका छन् ।

उनको उपचारकै क्रममा सोमवार बिहान ३ बजे निधन भएको सामाजिक विकास मन्त्रालयका कोभिड सुचना शाखाका सँयोजक डा. सरोज विशालले जानकारी दिए । विराटनगरमा संक्रमितको सँख्या बढिरहेको भएपनि आइसोलेसन वेडको अभाव रहेको हुँदा सँक्रमित घरमै बस्न बाध्य छन् । हालसम्म विराटनगरमा कोरोना सँक्रमित भइ मृत्यु भएकाको सँख्या १५ पुगेको छ ।