कमलमा ११ नयाँ थप संक्रमित

सेयर गर्नुहोस्
  • 27
    Shares

झापा, भदौ २१:झापाको कमल गाउँपालिकामा थप ११ संक्रमित फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका काेभिड फाेकल पर्सन जीवन चम्लागाईका अनुसार संक्रमित सबै कमल ३ का हुन् । कमल ३ मा ३६ जनामा संक्रमण देखिएकाे छ । कमल ३ कै एक बृद्धकाे काेराेना संक्रमणका कारण निधन भएको थियो । कमलमा समुदाय स्तरमा संक्रमण ह्वात्तै बढेसँगै लकडाउन कडाइ गरिएको थियोे ।