कन्काईकी संक्रमित महिलाको धरानमा निधन

सेयर गर्नुहोस्
  • 45
    Shares

धरान, भदौ २१: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको निधन भएको छ ।

झापाको कन्काई ३ की ४५ बर्षीया संक्रमित महिलाको निधन भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आज बिहान १० बजेर ४५ मिनेटमा उनको मृत्यु भएको हो । मेची अस्पतालबाट रिफर भइ आएकी उनी भदौ १८ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । सोही दिन पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

मृतकलाई ७ दिनदेखि कब्जियत, कमजोरी भएको र विगत २ दिनदेखि ज्वरो, श्वासप्रश्वासमा कठिनाइ भएको साथै परिक्षण गर्दा निमोनिया पनि देखिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । प्रतिष्ठानमा आइपुग्दा अवस्था गम्भीर भएर भेन्टिलेटरमा राखेर उपचार गरिएको पनि प्रवक्ता डा.सापकोटाले बताए । उनलाई मधुमेहको दीर्घ रोग भएको पनि प्रतिष्ठानले जनाएको छ।