दृष्टिकाेण क्लबद्वारा विपन्न परिवारलाइ सहयाेग

सेयर गर्नुहोस्

झापा, भदाै २१
झापाकाे कमल गाउँपालिकामा रहेको दृष्टिकोण युवा क्लबले स्थापना दिबसकाे दिन बिपन्न परिवारलाई राहत बितरण गरेको छ । कमल ५ का लाल बहादुर राईको परिवारलाई १ महिना पुग्ने खाध्य सामाग्री वितरण गरिएकाे हाे ।

क्लबका अध्यक्ष रामबहादुर थापा सहित वार्ड अध्यक्षा डम्बरबहादुर निराैलाकाे सहयाेगमा राइ परिवारलाइ एक महिना पुग्ने खाद्यान्न सहयाे गरेकाे हाे । चामल , दाल लगायतका खाध्य सामाग्रि राहत प्रदान गरिएकाे अध्यक्ष थापाले बताए ।

कमल गाउपालिका वाड नम्वर ५ का अध्यक्ष डम्बर बहादुर निरौलाको प्रमुख आतिथ्यतामा र सितापुर टोल विकास संस्था अध्यक्ष राम प्रसाद चाम्लिङको सहभागितामा राहत बितरण गर्दै गरिएकाे हाे । वडा अध्यक्ष निरौलाले दृष्टिकोण युवा क्लबले सामाजिक क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएकाे बताए । राइ परिवारका ७ सदस्य मध्ये ४ जना अस्वस्थ्य छन ।