दमकमा एकै घरका ३ जनामा संक्रमण

सेयर गर्नुहोस्
  • 467
    Shares

झापा, भदौ २०: दमक ८ मा फेरि एकै घरका ३ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । दमक ८ घर भएर दमक ६ मा पसल गर्ने ६२ वर्षीय महिलाको परिवारका ३ जनामा संक्रमण देखिएको हाे । शुक्रबार र शनिबारकाेे रिपोर्टमा एकै घरमा संक्रमण देखिएको हाे । यश अघि दमक ८ कै एउटा परिवारका ६ जनामा संक्रमण देखिएको थियो । दमक २ का एक जना सामाजिक अभियान्तामा समेत संक्रमण देखिएको छ । ३६ वर्षिय ती पुरुषमा शनिबार संक्रमण पुष्टि भएको हाे ।