दमकमा थप ३ जनामा कोरोना संक्रमण

सेयर गर्नुहोस्

दमक/ झापाको दमकमा आज एक महिलासहित थप ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज प्राप्त रिपोर्ट अनुसार संक्रमण देखिएका मध्ये एक महिला र एक पुरुष वडा नं ८ का हुन भने अर्का एक पुरुष वडा नं २ का हुन । संक्रमण देखिएकाहरु ३५ देखि ६२ बर्ष सम्मका रहेका नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समिति सचिव कुवेर भट्टराईले जानकारी दिए । संक्रमण देखिएका सबै समुदायमा घुलमिल भएका हुन । उनीहरु  संक्रमतिसंग घुलमिल भएका व्यक्ति भएको बताइएको छ । समुदायमा कोरोना देखिएपछि दमकमा दुई साता अघिदेखि शुरु भएको आंशिक लकडाउन भोलीदेखि लगभग सकिँदैछ । अपरान्ह ४ बजे सम्म सबै व्यापार व्यवसाय आवतजावत खुल्ला राख्ने निर्णय स्थानीय सरकारले गरिसकेको छ ।