कोरोना संक्रमणका कारण विराटनगरका थप दुईजना महिला सहित ४ जनाको मृत्यु

सेयर गर्नुहोस्

दमक/  कोरोना संक्रमणका कारण विराटनगरका थप दुईजना महिलाको मृत्यु भएको छ । हिजो साँझ कोशी अस्पतालमा मृत्यु भएकी विराटनगरकी ६४ बर्षिया एक बृद्धाको कोरोना परिक्षण रिपोर्ट आज बिहान पोजिटिभ आएको हो । उनमा झाडापखाला र श्वास प्रश्वासमा समस्या थियो । त्यसैगरी विराटनगरकै अर्की एक महिलाको धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । पेट र छाती दुख्ने समस्या भएकी ४३ बर्षिया ति महिलाको पनि शुक्रबार साँझनै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । त्यसैगरी बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितकोे मृत्यु भएको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज(शनिबार) बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल स्रोतले जनाएको छ । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रश्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो । यससंगै देशभर कोरोना संक्रमणका कारण मृत्यु  हुनेको संख्या २७३ पुगेको छ ।