भदाै २१ गतेबाट दमक बजार खुला गर्ने निर्णय

Damak
सेयर गर्नुहोस्

दमक भदौ १९,
दमकमा समुदायमा कोरोना संक्रमण फैलीएको आसंका सहित गत साउन ३१ गते राती देखीजारी गरिएको निषेधाज्ञा पर्सि २१ गतेबाट खुकुलो बन्ने भएको छ । नगरपालीकामा आज भएको सर्ब पक्षिय छलफलमा अब बजार तथा बित्तीय सस्था बिहान ७ बजे देखी अपरान्ह ४ बजेसम्म खुला गर्ने निर्णय भएको दमक उध्योग बाणिज्य संघका पुर्व अध्यक्ष प्रकाश प्रसाईंले बताए ।
यसभन्दा अघि निषेधाज्ञा थप्दा बिहान ७ बजेदेखि दिउसो १२ बजेसम्म बजार खुला गर्ने निर्णय भएको थियो । अब खुकुलो बनाउँदै अपरान्ह ४ बजे सम्म बजार खुल्ला गर्ने निर्णय गरिएको उनले बताए । 
बजार खुले पनि होटल व्यवसाय खोल्न पाईने तर होटलमै ग्रहकलाई खान दिन नपाईने भएको छ । होटलमा बनाएको खानेकुरा किनेर घरैमा लगेर खाने व्यवस्था मिलाउनु पर्ने छ । त्यसैगरी बढि भिडभाड हुने कार्यक्रम र भेल गर्न पाईने छैन भने पसल सञ्चालन गर्दा मास्क र सेनिटाईजर अनिवार्य लगाउनु पर्ने छ । 
बजार खुल्ने भए पनि कोरोना संक्रमणको जोखिम कम नभएकोले भौतिक दुरी कायमै राखी व्यवसाय सञ्चालन गर्न उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले ब्यवसायीहरुलाई आग्रह गरेका छन् ।