२४ घण्टामा १३ सय ५९ जनामा कोरोना संक्रमण,१३ सय ५४ जना डिस्चार्ज

सेयर गर्नुहोस्
  • 2
    Shares

काठमाडौं : पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। 

संक्रमितको कुल संख्या ४४ हजार २३६  पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार २४ घण्टामा ४६४ महिला र ८९५ पुरुष गरेर १३ सय ५९ पुगेको हो। 

मन्त्रालयका अनुसार २४ घण्टामा १३ सय ५४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ। यो कुल संक्रमितको ५६ प्रतिशत हो।