कमलकाे एउटै वार्डमा २५ संक्रमित

सेयर गर्नुहोस्
  • 24
    Shares

झापा, भदाै १९
झापाको कमल गाउँपालिका ३ का एकै वार्डका २५ जनामा संक्रमण देखिएको छ । एक जना बृद्धको मृत्यु पनि भएको छ । कमल ३ का ८३ बर्षिय बृद्धको कोरोनाकै कारण मृत्यु भएको थियो ।

यस्तै अहिले केर्खा बजार आसपासमा भेटिएका सबै संक्रमित समुदाय स्तरका हुन् । केही समय देखि अस्वस्थ्य रहेका ती बृद्ध उपचारका लागि दमकको अस्पताल र बिर्तामोडको बिएण्ड सी अस्पताल गएका थिए । स्वास्थ्यकर्मीका अनुसार उनलाई त्यहीँबाट संक्रमण भएको हुन सक्ने बताउछन् । उनले स्थानीय मेडिकलमा समेत जाँच गरेका थिए । ती मेडिकल सन्चालक समेत संक्रमित भएका छन् । कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले मृतकको परिवारका २ जना सहित समुदायमा संक्रमण ह्वातै बढेको बताए । अब मृतकबाट उनको सम्पर्कमा आएका, मेडिकल सन्चालक सँग आएकामा पनि संक्रमण देखिएको छ, उनले भने, अब संक्रमण थप फैलन नदिन सावधानी अपनाउन पटक पटक आग्रह गरेका छौ ।
कमल गाउँपालिकाको स्वास्थ्य शाखाका अधिकृत इन्द्र अर्यालका अनुसार कमलमा मात्रै ३७ जनामा संक्रमण देखिएको छ । ती मध्ये धेरै जसो समुदायमा छन् ।