दमकका अझै ९ जनाकाे रिपाेर्ट हाेल्ड, १३९ जनाकाे नेगेटिभ

सेयर गर्नुहोस्
  • 9
    Shares

झापा, भदाै १९
दमकमा भदौ १६ गते गरिएको पीसीआर परिक्षणमा अझै ९ जनाको रिर्पोट आउन बाकीँ रहेको छ । बिहिवार ९३ जनाको रिर्पोट आएकोमा शुक्रबार ४६ जनाको रिर्पोट आएको छ । ती सबै नेगेटिभ रहेको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भटटराइले जानकारी दिए । यस्तै १ सय ४८ जना मध्ये ९ जनाको रिर्पोट अझै होल्डमा रहेको छ । तीनको आजै बेलुका सम्म रिर्पोट आउन सक्ने उनले बताए । दमकमा अहिले सम्म १ सय ६ जना कुल संक्रमित भेटिएका छन । ती मध्ये ५३ जना उपचार पछी घर फर्किएका छन् ।