झापा, भदाै १८
झापाको बिर्तामोडमा समुदाय तहमा चार महिला र एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले यसको पुष्टि गरेको हो । पछिल्लो २४ घण्टामा संक्रमण देखिएका झापाका १२ जनामध्ये पाँच जना बिर्तामोडका छन् ।
झापाको कमल गाउँपालिकामा छ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँका दुई महिला र चार पुरुषमा संक्रमण देखिएको हो । झापाको अर्जुनधाराका एक जना पुरुषमा पनि संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।
विहीवार एकै दिन झापामा १२ सहित प्रदेश १ मा ९५ जना संक्रमित थपिएका छन् । मोरङमा ४६ र सुनसरीमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर १ हजार २ सय २८ जना संक्रमित फेला परेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । अहिलेसम्म संक्रमित हुनेको संख्या ४२ हजार ८सय ७७ छ ।