एक व्यापारीलाई कोरोना संक्रमण पुष्टि भएर समुदायस्तरमा कोरोना संक्रमण पैलीएको आशंका भएपछि बन्द भएको दमकको तरकारी बजार भोली बाट स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खुल्ला हुने भएको छ । नगरपालीकामा आज सरोकारवाला विच भएको छलफलमा पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाएर तरकारी बजार खुल्ला गर्ने निर्णय भएको उद्योग बाणीज्य संघ दमकका पुर्व अध्यक्ष प्रकाश प्रसाईंले जानकारी दिनुभयो ।
स्वास्थ्य सुरक्षा अपनाएर बिहान ७ बजे देखी १२ बजे सम्म तरकारी बजार खुल्ला गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो । बजारमा भिडभाड गर्न पाईने छैन भने एउटा ढोकाबाट पसेर अर्को ढोकाबाट निस्कनु पर्नेछ ।
लामो समय देखी बजार बन्द रहँदा व्यवासयीलाई समस्या भएको भन्दै उद्योग बणीज्य संघ दमकले तरकारी बजार खुलाउन पहल थालेको थियो । ब्यबसायी र खरिदकर्ताले पर्याप्त सावधानी अपनाएर बजार खुल्ला गर्ने निर्णय भएको बाणीज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले बताउनु भयो । तरकारी खरिद गर्दा समुहमा नआउन र एक घरबाट एक जना मात्रै आउन बाणीज्य संघ अध्यक्ष श्रेष्ठले आग्रह समेत गर्नु भयो ।
सेयर गर्नुहोस्
१७ भाद्र २०७७, बुधबार १७:२१